गजल

गजल
अस्थिरताले पीडित भो, गलाइ मेरो देश!!
प्राण भन्दा प्यारो लाग्छ, मलाइ मेरो देश!
मलाइ प्यारो छैन केही मेरो नेपाल भन्दा!!
उठाउनु छ आतंकलाई ढलाइ, मेरो देश!
मोह,माया छोड नेता बिश्वास टुट्यो हाम्रो!!
अघि बढाउ राज्यसत्ता, चलाइ मेरो देश!
तिम्रो हातमा नेपाल,नेपालिको भबिस्य छ!!
देखाइ देउ न खुसिको फल, फलाइ मेरो देश!
देशले रगत माग्यो भने मेरो ढोका खुला हुन्छ!!
बचाउ तिमी मेरो शरीर जलाइ, मेरो देश!
एलिजा ढकाल

Comments

Viral Posts

मुक्तक

मुक्तक

मुक्तक