Posts

Showing posts from July, 2017

गजल

Image
गजल अस्थिरताले पीडित भो, गलाइ मेरो देश!! प्राण भन्दा प्यारो लाग्छ, मलाइ मेरो देश! मलाइ प्यारो छैन केही मेरो नेपाल भन्दा!! उठाउनु छ आतंकलाई ढलाइ, मेरो देश! मोह,माया छोड नेता बिश्वास टुट्यो हाम्रो!! अघि बढाउ राज्यसत्ता, चलाइ मेरो देश! तिम्रो हातमा नेपाल,नेपालिको भबिस्य छ!! देखाइ देउ न खुसिको फल, फलाइ मेरो देश! देशले रगत माग्यो भने मेरो ढोका खुला हुन्छ!! बचाउ तिमी मेरो शरीर जलाइ, मेरो देश! एलिजा ढकाल

गजल

Image
  हो थिएन त्यस्मा मेरो हार थिएन मेरो काम पनि त्यस्तो बेकार थिएन !   छैन मलाई पछुतो बिदेसिनु पर्दा पनि नेपालमा मेरो लागि सरकार थिएन !!   काम गर्छु देशमा भनि दुख गरि पढे मैले पढ्नुको केहिपनी सार थिएन !   नाताबादले ग्रसित देश,अनि गरिब म मलाई यहाँ आश्वासनको आधार थिएन !! एलिजा ढकाल