Posts

recently post

मुक्तक

निष्ठा अनि नैतिकता सदर कहिले हुन्छ ? भ्रष्टलाई दिएको मत बदर कहिले हुन्छ ? वृद्धभत्ता खानेहरु सरकार चलाउछन् ! राजनितिमा युवाको कदर कहिले हुन्छ ??

मुक्तक

Image
सरल अनि संघर्षशिल हुनुपर्छ नेता पुग्ने एउटा मन्जिल हुनुपर्छ नेता सानो चित्त अहँ कहिल्यै गर्नुहुदैन अरु भन्दा उदारदिल हुनुपर्छ नेता !!

मुक्तक

Image
अरु कोहि अट्न दिलमा ठाम थिएन तिमी बाहेक कसैको नि नाम थिएन तिम्लाइ उता कस्तो छ थाहा नहुदा अहँ मलाइ पनि यता आराम थिएन !!

मुक्तक

Image
भेटेजती सबै दिलदार हुदैन हो हुदैन सबैसँग प्यार हुँदैन यो पनि यौटा सत्य हो हेर्नुस् प्यार भएकैसंग घरबार हुदैन।

मुक्तक

Image
त्यतिबेला भत्केको नयनको डिल थियो जतिबेला आखामा अश्रु टिल्पिल थियो थाहा छैन त्यताको परिस्थिति कस्तो थियो यता चाहिँ मौनतामा तड्पिएको दिल थियो

मुक्तक

Image
न त सोच छ न त बिचार छ छ त सधै सधै उ लाचार छ देश डुबेर रोइरहदा पनि अझै मस्त निन्द्रामा यो सरकार छ !

मुक्तक

Image
जिन्दगीले परीक्षा लियो लगातार बेचैन मन यो तड्पियो लगातार पिडादायी मौनतामा तल्लिन थिए म नयन यो भिजेको थियो लगातार !!<